माटोमा खरानीको प्रयोग गर्नु आम नेपाली कृषकको लागि सामान्य कुरा हो। तर अहिलेका कृषकलाई माटोमा अंगारको प्रयोग गर्नु भनेको चाहिँ सायदै कसैलाई थाहा होला। अहिले संसारभरका वैज्ञानिकहरु अंगार माटोमा हालेर खेति गर्दा खेति र वातावरण दुवै राम्रो हुने सम्भावना देखेर यसको अध्ययनमा लागि परेका छन्। यो अध्ययनको थालनी भने सयौ वर्ष पहिले ब्राजिलको घना जंगल भित्र अंगारले भरेर बनाइएको सयौ बिघा जमिनको उत्खनन्बाट सुरु भएको थियो। यस्ता जमिन कम्तीमा ५०० वर्ष पुराना छन् तर अहिले पनि संगैको स्थानीय माटो भन्दा धेरै नै मलिलो छ। यसको अध्ययन ब्राजिलको जंगलबाट प्रेरित भए पनि पुरानो समयमा कृषिमा अंगारको प्रयोग जापान, भारत आदि देशमा नौलो भने रहेनछ। भक्खर मात्र नेपालमा पनि डाँडा चौर गाउँ, डडेल्धुरामा केहि तामांग बस्तीमा अंगार बनाएर बारीमा हाल्ने गरिएको भेटिएको छ।
चुलोमा दाउरा राखेर आगो झोसे पछि सबै डडेर खरानी हुनु पर्नेमा केहि हिस्सा अंगार हुने गर्दछ। कम वा बिल्कुलै सुन्य अक्सिजन (oxygen) भएको बेला वनस्पतिहरु उच्च तात्क्रममा तातिएमा अंगार बन्छ। हावा भएको जुनै ठाउँमा वनस्पति धेरै तातेमा आगोलागि खरानी बन्छ, किनकि हावामा प्रसस्त अक्सिजन हुन्छ। चुलो भित्र पनि चारै तिर आगो बलेको बेलामा आगोको बिच भागमा अक्सिजन सार्है कम हुन्छ जसको कारण वनस्पति अंगारमा परिणत हुन्छ । अंगार, कोइला जस्तै देखिने भए पनि यसको भित्रि बनोट र रासायनिक गुणमा धेरै फरक हुन्छ। फेरी दुवै आगो बाल्न प्रयोग गर्न सकिन्छ तर कोइलाले भने माटोमा राम्रो गर्दैन।
नेपालमा अंगारबाट ब्रिकेट बनाएर इन्धनको रुपमा प्रयोग गरिन्छ तर यही अंगार बारीमा हालेर माटोको गुणस्तर उकास्न सकिन्छ भन्ने कुरो भने धेरैलाई थाहा छैन। अहिले सम्म भएका अध्ययनमा कम गुणस्तरका माटोमा अंगारको प्रयोगले धेरै राम्रो उत्पादन दिन सक्ने देखाएको छ। राम्रा र उर्बर माटोमा भने यसको अध्ययन कम छ र महत्व पनि कम छ। अंग्रेजीमा यस्तो माटोमा हाल्नकोलागि बनाइएको अंगारलाई बायोचार (bio-char) भनिन्छ, अर्थात् नेपालीमा ठ्याक्कै रुपान्तरण गर्ने हो भने जैविक-अंगार भन्न सकिएला। जैविक-अंगार प्रांगघारिक कार्बन (carbon) हो जसको मात्रा कम गुणस्तरको माटोमा कम हुन्छ। अर्थात् जैविक-अंगार माटोमा हाल्नाले माटोमा प्रांगघारिक कार्बनको मात्र बढ्न जान्छ। यस्मा खरानीको जस्तै छारिय तत्व बडी हुने गर्दछ। खरानी बन्ने क्रममा वनस्पतिमा हुने धेरै गुण उडेर जान्छन् भने जैविक-अंगारमा बोट-बिरुवालाई चाहिने धेरै खाद्द्य वस्तु बाँकि रहन्छन्। एउटा सानो जैविक-अंगारको टुक्रा भित्र पनि लाखौ छिद्रा हुन्छन्। यस्ता छिद्राहरुमा बर्षा पछि धेरै र लामो समय सम्म पानी थेगिन्छ। जस्ले गर्दा माटोको चिस्यान लामो समय हराउँदैन। यस्ता छिद्राहरु माटोमा रहेका अनेक साना जीवहरुको बास्थान पनि हुनजान्छ। चिस्यान, खाद्य तत्व र जैविक क्रियाकलापले विस्तारै माटोलाई जीवन्त बनाउन मद्दत गर्छ।
जैविक-अंगारमा केहि मलको गुण भए पनि मलको रुपमा भने हालिदैन। यस्मा नाइट्रोजन तत्व अरु तत्वको तुलनामा कम हुने सम्भावना हुन्छ। जैविक-अंगार हालेर खेति गरेको ठाउँमा नाइट्रोजन मल हालेर गरिएको अनुसन्धानहरुमा भने धेरै नै उत्कृस्ट उत्पादन भएको छ। जैविक-अंगार एक चोटी हाले पछि माटोमा चाँडै कुहिंदैन। आर्थात जति-जति जैविक-अंगार माटोमा हलिंदै जान्छ उति माटोको गुणमा सुधार आउँदै जान्छ। तर मनसून बर्षा हुने र भिरालो जमिनहुने हाम्रो देसमा माटोमा मिसाएर राखेको जैविक-अंगारको केहि हिस्सा माटोमा एक ठाउँबाट अर्को ठाउँमा सर्न भने सक्ला। तर यस्ता कुराको निस्कर्स विना अनुसन्धान भने गर्न साकिन्दैन।
जैविक-अंगारले नेपालका किसानको जीवन सुधार्ने सम्भावना बोकेको छ। तर यस सम्बन्धमा नेपालमा अनुसन्धान गर्ने विज्ञहरु अनविज्ञ छन्। अझै हरेक दिन घाँस-दाउरको प्रयोग गरेर धेरै चुल्हाहरु बल्ने हाम्रो देसमा बुद्धि लगाउने हो भने जैविक-अंगार उत्पादन गर्न धेरै समस्या पनि नआउला। अझ धेरै वर्षबाट नेपालमा सुधारिएको चुलो कार्यक्रम त संचालनमै छन्। यस्तै सुधारिएको चुलोबाट थोरै-थोरै मात्रमा जैविक-अंगार उत्पादन गर्न सकिन्छ। झन् सामुहिक वनका उपभोक्ताहरु मिलेर जैविक-अंगार वनाउने र थोरै मूल्यमा बेच्ने हो भने त व्यापार पनि हुन सक्छ। तर यी सबै कुरा हुनु भन्दा पहिला नेपालमा पनि यो सम्बन्धमा सम्बन्धित निकायहरुले चाहिने अनुसन्धान गर्नु पर्छ। अनुसन्धान पश्चात जैविक-अंगारको उत्पादन र व्यवस्थापन हुनु पनि पर्छ।
(As published in http://goo.gl/uT7Pf .This is unedited version though with biochar described as जैविक अंगार )
Excellent start! Thanks for your great Initiation!!!
ReplyDeleteHi there. I notice you have used my photos taken in March 2012 during preparation for the ADB project "Sustainable Rural Ecology for Green Growth". Not sure if you referenced the original article on the IBI site. Anyway, glad to see your blog. Hopefully the pilot project will be up and running early 2013!
ReplyDeleteHi shanny,
DeleteThanks for the comment. I have pasted a link under the picture for the original article on IBI. Now I have realized it should be more convenient for authors to understand if it has been referred.
Thanks.
Dear Gunadhishji, Thanks a lot for your excellent article. We are in this field since 2012. If you are in Nepal, please visit us at FoST in Thamel to see biochar use in coffee farms, biochar production and biochar stoves for multiple applications such as biochar cooking stove which produces biochar, cooks food, heat water and bakes potato at the same time without additional fuel (fire wood/briquettes). Our contact number is 4361574. Thanks, Sanu Kaji, FoST (email: fost@ntc.net.n)
ReplyDelete